काठमाडौं ।
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल ले नेपाललाई सस्तो पर्यटन गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित ‘प्रिमियम आरोग्य पर्यटन’ गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
अन्तर्राष्ट्रिय आरोग्य दिवस को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले पर्यटकको संख्या मात्र होइन, गुणस्तरीय अनुभव र आम्दानी महत्वपूर्ण हुने बताए।
उनका अनुसार आरोग्य पर्यटकहरू बढी खर्च गर्ने र लामो समय बस्ने भएकाले नेपालका हिमालय, पवित्र नदी र योग–ध्यान परम्परा विश्वका लागि आकर्षक बन्न सक्छन्।
नेपालमा लुम्बिनी, रारा, मुस्ताङ, मनाङ लगायत क्षेत्रहरूलाई आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने उनले बताए।
सभामुख अर्यालले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई समेट्ने स्पष्ट नीति र स्थानीय सहभागितासहितको आरोग्य पर्यटन मोडेल आवश्यक रहेको उल्लेख गरे।











प्रतिक्रिया