काठमाडौँ।
सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पाले आज लोबुचे हिमालको सफल आरोहण गरेकी छन्। मंगलबार बिहान ८:५७ बजे उनले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमालको शिखरमा सफलतापूर्वक पाइला टेकेकी हुन्।

सशस्त्र प्रहरी बल नेपालकी पहिलो महिला कर्मचारीका रूपमा हिमाल आरोहण गर्ने उपलब्धि हासिल गरेकी शेर्पा अहिले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने अभियानमा रहेकी छन्। उनी यसै सिजनमा सगरमाथा र ल्होत्से हिमाल समेत आरोहण गर्ने तयारीमा छिन्।
यसअघि उनलाई सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा संगठनको झण्डा प्रदान गरी औपचारिक रूपमा बिदाइ गरिएको थियो।

सशस्त्र प्रहरी बल नेपालका तर्फबाट यसअघि सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक दन्त बहादुर छन्त्यालले पनि सफलतापूर्वक सगरमाथा आरोहण गरिसकेका छन्।











प्रतिक्रिया