काठमाडौँ।
काठमाडौँ महानगरपालिका–११, त्रिपुरेश्वरस्थित बागमती स्विट्स प्रा.लि. को उत्पादन तथा बिक्रीवितरणमा रोक लगाइएको छ। अखाद्य वस्तु भेटिएको गुनासोपछि अनुगमन गर्दै सम्बन्धित निकायले यस्तो निर्णय गरेको हो।
गत चैत २९ गते एक सार्वजनिक कार्यक्रममा उक्त कम्पनीको खाजा प्रयोग गरिएको थियो। त्यस क्रममा खाजामा अखाद्य वस्तु भेटिएको भन्दै गुनासो आएपछि कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले तत्काल छानबिन गर्न निर्देशन दिएकी थिइन्।
मन्त्रीको निर्देशनअनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले चैत ३० गते अनुगमन गरेको थियो। अनुगमनका क्रममा सरसफाइ र गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएपछि उत्पादन रोक्दै आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ।
यसैबीच, मन्त्री चौधरीले सरकार खाद्य स्वच्छताप्रति पूर्ण रूपमा गम्भीर रहेको बताउँदै नागरिकको स्वास्थ्यमा कुनै पनि लापरबाही सह्य नहुने स्पष्ट पारेकी छन्।











प्रतिक्रिया