काठमाडौँ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न देशव्यापी अभियान सुरु गरेको छ। पार्टीका सभापति गगन थापाले काठमाडौं महानगरपालिका–३० मा आफ्नै सदस्यता अद्यावधिक गर्दै अभियानको औपचारिक शुभारम्भ गरेका हुन्।
कांग्रेसले ‘जरा अभियान’ नाम दिएको उक्त कार्यक्रममार्फत पार्टीको संगठनलाई पुनर्गठित, व्यवस्थित र सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। सभापति थापाका अनुसार अभियान वैशाख मसान्तसम्म सञ्चालन हुनेछ।
अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न आग्रह गरिएको छ। साथै, सदस्यता अद्यावधिकका लागि सम्बन्धित सदस्य आफै आफ्नो वडामा उपस्थित हुनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
पार्टी नेतृत्वका अनुसार विगतमा अरुले सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरूमा सक्रियता र जिम्मेवारीको कमी देखिएको थियो। त्यसलाई अन्त्य गर्न व्यक्तिगत उपस्थितिलाई अनिवार्य बनाइएको हो।











प्रतिक्रिया