गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ


काठमाडौँ।

प्रहरीले गौशालाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेष्ट हाउसबाट ३० दशमलव ४२ ग्राम लागुऔषध खैरो हेरोइन र नगर रु ५७ हजारसहित निजहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले धनुषाको सबैला नगरपालिका-२ का २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दुधौली नगरपालिका-४ का ३२ वर्षीया मीनाकुमारी अधिकारीलाई पक्राउ गरी आज सार्वजनिक गरिएको जानकारी दिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।