सुर्खेतमा सार्वजनिक सवारी ठप्प, यातायात व्यवसायी आन्दोलनमा


काठमाडौ । 

यातायात व्यवसायीहरूको आन्दोलनका कारण सुर्खेत जिल्लाभर सार्वजनिक सवारी सेवा पूर्ण रूपमा बन्द भएको छ। जिल्लाका १३ वटा यातायात प्रालिहरूले संयुक्त रूपमा आन्दोलन गर्दै सेवा ठप्प पारेका हुन्।

व्यवसायीहरूले प्रहरीले सार्वजनिक सवारीका चालक तथा मजदुरमाथि मात्र कारबाही गरेको र रातो प्लेटका निजी सवारीमाथि कडाइ नगरेको आरोप लगाएका छन्। यसैको विरोधमा आन्दोलन गरिएको उनीहरूको भनाइ छ।

सवारी सेवा बन्द हुँदा लामो तथा छोटो दूरीका सबै यातायात प्रभावित भएका छन् भने यात्रुहरूलाई ठूलो सास्ती परेको छ। वार्ता नभएसम्म आन्दोलन जारी रहने जनाइएको छ।