संगीतमा देश हो बगैंचा


राष्ट्रप्रेम, एकता र सामूहिक जिम्मेवारीको भावनाले ओतप्रोत गीत देश हो बगैंचा सार्वजनिक गरिएको छ।
गीतले नेपाललाई एउटा सुन्दर बगैंचाका रूपमा चित्रण गर्दै हरेक नेपालीलाई त्यसको माली अर्थात् जिम्मेवार संरक्षकका रूपमा उभ्याएको छ।

देशप्रेम केवल नारामा सीमित नहुने, बरु कर्म, इमान्दारी र समर्पणमार्फत व्यवहारमा देखिनुपर्ने सन्देश गीतमा छ। बलदेव थापाको शब्द रचना तथा बबिना भट्टराईको संगीत र स्वर रहेको गीतमा बबिनालाई गायनमा प्रेक्षा लम्साल, ममता गुरुङ, केशव बादी, ऐजे अजु र निर्मल दियालीले साथ दिएका छन्।

बबिना भट्टराईको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियोमा प्रेम खनाल, बबिना भट्टराईलगायत गायक–गायिकालाई प्रस्तुत गरिएको छ।

Skip This