काठमाडौँ
कपिलवस्तुको बरइपुरमा कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् ।
महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा मंगलबार बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको साेही बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हाे।
घाइतेमध्ये २ जनाको अवस्था गम्भीर, १९ जनाको अवस्था मध्यम र १७ जना सामान्य रहेको र अन्य सकुशल सबै घाइतेहरुलाई विभिन्न अस्पतालमा उपचारको लागि पठाइएको कपिलवस्तु प्रहरीले बताएकाे छ ।











प्रतिक्रिया