रौतहट।
रौतहटको चन्द्रपुर नगरपालिका–४ ठाडाटोलमा कुटपिट घटना बाट एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सोमबार राति कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ ठाडाटोल निवासी ३० वर्षीय विष्णु सुबेदीको मृत्यु भएको हो।
प्रहरीका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई चन्द्रपुर ४ मा बसोबास गर्दै आएका ३८ वर्षीय बिमल मोक्तानको कुटपिटबाट सुवेदीको मृत्यु भएको हो।
घाइते सुबेदीलाई तत्काल उपचारका लागि चन्द्रनिगाहपुर अस्पतालम प्रारम्भिक उपचार पश्चात् वीरगंज पठाइएको थियो। उपचारपछि घर फर्काइएका सुबेदीको मंगलबार राति स्वास्थ्य अवस्था अचानक गम्भीर बनेपछि पुनः चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा भर्ना गरिएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेका हुन्।
घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको थियो। मृतकको शव परीक्षणका लागि सरकारी प्रहरी टोलीले बिमल मोक्तानलाई पक्राउ गरेको छ भने सुवेदीको सब अस्पतालको शवगृहमा राखिएको छ।











प्रतिक्रिया