तीर्थकुमारीको चरी बनी उडुँला


ख्यातिप्राप्त लोक गायिका तथा संगीतकार तीर्थ कुमारी थापा आफ्नो नयाँ गीत चरी बनी उडु्ँलाका साथ दर्शकमाझ आएकी छन्। गायिका थापाद्वारा स्वरबद्ध लोक फ्लेभरको गीतमा उनकै संगीत, गीतकार रामहरि गुरुङको शब्द रचना र गायक तथा संगीतकार सुरज कुमार थापाको संगीत संयोजन रहेको छ।

गीतको वाद्यवादनमा शान्तिबहादुर रायमाझी, सुनिल कुमार अर्याल र किरण कँडेलको ढोलक तबला र मादल, अनुप दासको बास गितार, उमेश पण्डितको सारंगी, सुरजकुमार थापाको रिदम गितार रहेको छ भने ग्रुप भ्वाइलिनमा रविन कार्की, बाल गोपाल महर्जन, रोमन बुढाथोकी, प्रभात लामिछाने र सुरजकुमार थापा रहेका छन्।

गीतले नेपालीपन र प्राकृतिक सम्पदाको बारेमा वर्णन गरेको छ। सुरजकुमार थापाको निर्देशन र प्रस्तुति तथा अमृत शाही ठकुरीको कोरियोग्राफीमा गीतलाई सुहाउँदो भिडियो पनि तयार पारिएको छ। भिडियोमा परम्परागत नेपाली भेषभूषा प्रयोग गरिएको छ भने नेपालका विविध प्राकृतिक र रमणीय दृश्य समावेश गरिएको छ। भिडियोमा अमृत शाही ठकुरी र मनिषा महतको अभिनय रहेको छ भने गायिका थापालाई पनि देख्न सकिन्छ। कोरस कलाकारहरूमा भने सेलिफा शाक्य, आश्मा केसी, नुमा लिम्बू,आस्था केसी, शिला नगरकोटी, मेरिना खड्का, जेलिना राई, केयुङ्सा राई, आर्शनिता शाक्य र मनिषी गैराजपति रहेका छन्।

खेम थापाको छायाकंन र राजकुमारको सम्पादन रहेको गीतको भिडियो सुरज कुमार थापा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।