“१५औं महाधिवेशन मंसिरमै गर्नुपर्छ : डा. शेखर कोइराला”


काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशन आगामी मंसिरमै गर्नुपर्ने माग गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले पार्टीलाई नयाँ दिशा र सम्भावनाको पार्टी बनाउन समयमै महाधिवेशन अपरिहार्य भएको बताए।

कोइरालाले जेनजी आन्दोलनका क्रममा मारिएका युवा तथा सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै दोषीमाथि कडा कारबाही हुनुपर्ने जिकिर गरे । उनले सरकारलाई त्रासमुक्त वातावरणमा स्वतन्त्र निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार तयार गर्न आग्रह गरे।

उनले कांग्रेसभित्रको एकताको खाँचो औंल्याउँदै अनुशासन समितिबाट सिफारिस भएका कारबाहीहरू फिर्ता गरी सबै कार्यकर्तालाई मूलधारमा ल्याउनुपर्ने धारणा व्यक्त गरे। साथै, कांग्रेसले सामाजिक र नैतिक नेतृत्व लिनुपर्नेमा जोड दिंदै १५औं महाधिवेशनले पार्टीलाई पुनः जागृत गर्ने विश्वास व्यक्त गरे।

कोइरालाले भने, “नेपाली कांग्रेस केवल एक शब्द होइन, यो नेपाली समाजको सभ्यता र लोकतन्त्रको पर्याय हो।”

Skip This