प्रताप र समीक्षाको बयान


गायक गायिका प्रताप दास र समीक्षा अधिकारीको स्वरमा बयान बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ।
मेलोडियस गीतको भिडियो नुवाकोट विदुरमा अवस्थित शिवालय सिनेप्लेक्समा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो।

सन्तोष सरगम अधिकारीको शब्दरचना रहेको गीतमा सरोज पोखरेलको संगीत रहेको छ। रोशन दासले निर्देशन गरेको गीतको भिडियोमा सन्तोष सरगम अधिकारीको जीवन र सफलताको कथा देखाउन खोजिएको छ।

नितेश घतानेले छायाकन गरेको भिडियोको सम्पादन विनोद बमले गरेका छन्। भिडियोमा सन्तोष सरगम अधिकारी, प्रियना आचार्य, नारायण विक र रुपा पुडासैनी फिचर्ड छन्। सरोज पोखरेलको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा नुवाकोटका विभिन्न रमणीय स्थान कैद गरिएको छ।

Skip This