सिड्नीको ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा शम्भुजितको एकल गायन


अस्ट्रेलियाको सिड्नीस्थित पारामाटा रोड अर्बनमा लोकप्रिय संगीतकार, गायक तथा गीतकार शम्भुजित बास्कोटाले हालै एकल गायन प्रस्तुत गरेका छन्।

नयाँ र आधुनिक ग्रयान्ड प्यालेस फङ्सन सेन्टरको शुभारम्भका अवसरमा बास्कोटोका एकल गायन प्रस्तुतिले कार्यक्रमलाई आकर्षक र अविस्मरणीय बनाएको हो। फङ्सन सेन्टर रञ्जित शाह, सन्तोष तिवारी र शोभित बस्नेतले संयुक्त रूपमा स्थापना गरेका हुन्।

निर्देशक तथा डिजाइनर बस्नेतका अनुसार, सिड्नीमा ठूला स्तरका सांस्कृतिक तथा सामाजिक कार्यक्रम आयोजना गर्न अभाव भएको स्थानलाई पूरा गर्ने उद्देश्यले यो केन्द्र स्थापना गरिएको हो। सेन्टरमा दुई फरक क्षमताका हल छन्। ठूलो हलमा करिब ४ सय जना र सानो हलमा करिब २ सयजनासम्म अट्ने बस्नेतले जानकारी गराए।

सञ्चालकहरूको योजनाअनुसार, हरेक महिना नेपालका कलाकारलाई सहभागी गराई सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिनेछ।

निर्माता शाह, सन्तोष तिवारी र निर्देशक शोभित बस्नेतको संयुक्त निर्माणमा बनेको फिल्म पीआर हाल अस्ट्रेलियामा प्रदर्शन भइरहेको छ भने छिट्टै अल नेपाल रिलिज गरिने भएको छ।

Skip This