भए तिम्रै हुने


गायक प्रशान्त पौडेलको गीत भए तिम्रै हुने हो नभए एक्लै काट्छु जुनी यो सार्वजनिक गरिएको छ।
गायक पौडेलकै शब्द, संगीत र स्वर रहेको गीत गायनमा उनलाई गायिका बेनिसा पौडेलले साथ दिएकी छन्। गीतको भिडियोमा प्रशान्तका साथमा युवा व्यवसायी मञ्जु विष्ट देखिएकी छन्।

भिडियो मञ्जुले सञ्चालन गर्दै आइरहेको ओएसिस क्रिएसन पोखराको प्रस्तुतिमा बनेको हो। भिडियो उनकै प्रशान्त पौडेल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियोको निर्देशन अनिल के मानन्धर गरेका छन् भने सम्पादन दिनशन शाहले गरेका छन्।

थुप्रै गीत दर्शक स्रोतामाझ पस्किसकेका पौडेलकै स्वर शब्द र संगीत रहेको सान्नानी बोलको गीत करोड क्लबमा छ। गीत, रचना र गायनमा छुट्टै पहिचान बनाइसकेका उनी अभिनयमा पनि उत्तिकै रुचि राख्छन्।

Skip This