हाम्रो सभ्यता र संस्कृति, असंख्य सुन्दरतम मूल्य प्रणाली र संस्कारहरुको खजानासहित विकसित छ। हाम्रो संस्कृति प्रबल व्यक्तिवादी चिन्तनबाट नभएर सामूहिकतावादी चिन्तनबाट निर्देशित छ, मर्दाको मलामी जिउँदाको जन्ती, गाँउलेसंगै जिउनु गाँउलेसंगै मर्नु, घर छोड पर्मा (अरुलाई काममा सहयोग ) नछोड, घर फुटै गँवार लुटै,भाइ भए भरोसा गाई भए गोरस, जस्ता मूल्यहरू पश्चिमा संस्कृतिमा खोजेर भेटिदैनन, तर हाम्रो संस्कृतिमा यस्ता हामवादी मूल्यहरू वग्रेल्ति भेटिन्छन। आलोचनात्मक चेतसहित हेर्दा, बुझ्दा हाम्रो संस्कृति भित्र आलोचना योग्य मूल्य पद्धतिहरूको पनि अभाव भने देखिँदैन। नेपाली मानवशास्त्रका मुर्धन्य व्यक्तित्व डोर बहादुर विष्टले आफ्नो भाग्यवाद र विकास भन्ने पुस्तकमा यस बारे राम्ररी चिरफार गरेका छन्। उनी लेख्छन् जीवन र परिस्थितिमाथि मानिसको व्यक्तिगत नियन्त्रण बिलकुलै रहँदैन र सबै कुरा दैवी वा कुनै बाह्य शक्तिद्वारा नै निर्धारित हुन्छ,लेखेको मात्र पाइन्छ, देखेको पाइदैन भन्ने भाग्यवादी चिन्तन हाम्रो संस्कृतिको समस्या हो, चाकरी प्रथा जहाँ आफ्नो काम कर्तव्य कुशलतापुर्वक गर्नुको साटो चाकरी गर्न सक्नुलाई ठूलो खुवी मानिन्छ र कृपा प्राप्त हुन्छ यो अर्को समस्याहोू। विष्टले चिरफार गरेका समस्याहरु संगै शक्तिशाली लाई रिझाउन घुस दिने, देविदेवताहरुका थानमा आफ्नो उन्नति, प्रगति, सन्तति को शुभलाभ खातिर मुल्यवान धातुजेवर चडाउने, पूजा गर्ने,खसी, बोका वली गर्ने कुरा हाम्रो संस्कृतिको अभिन्न अगं हो,जुन कुरा परकारान्तरले शक्ति पूजा र घुस प्रथा नै हो ।
हाम्रो राज्य, सत्ता, राजनीति र राजनीतिका पात्रहरू हाम्रो सांस्कृतिक विरासतको प्रभाव वाट मुक्त हुने कुरै भएन ।आज हामी सबै बुझेर वा लहलहैमा लागेर, असन्तुष्ट छौ वा असन्तुषट रहेको वहाना गरिरहेका छौ, जताततै भ्रष्ट्राचार, पक्षपात, अन्याय देखिरहेका छौ सुशासन, समृद्धि, समुन्नति नभएकोमा आगववुला भई रहेका छौ, तर विडम्वना पन्चायतको समयमा सत्तामा रहेको पन्च लाई सत्ता बाहिरको पन्चले कहिले सद्दे देखेन, तर बाहिर रहेको पन्च सत्तामा पुग्दा झनै गनाएर निस्कियो। मात्र, प्रजातन्त्रको खातिर जेलनेल, यातना, निर्वासन भोगेका नेताहरूको गनाउने गति झनै तेज रह्यो। क्रान्तिको लागि सिरमा कफ्फन बोकि जनयुद्ध लडेका क्रान्तिकारीहरू हेर्दाहेर्दै फतफत भए। जान्ने भनी छानिएकाहरु त गर्व देखि नै डुङडुङती भई निस्के। यसो विचार गर्छु, म, जो असन्तुष्ट छु, मौका पाउना साथ मेरो इमान, धर्म हिउँ पग्लेझैँ पग्लिनेछ। कहिलेकहीँ त यस्तो विधि निचोड निकाल्छु, म लगायत सबैको असन्तुष्टिको कोलाहल नपाएका कारणले मात्रै हो, पाए पछि सबै उस्तै हुने निश्चित छ, किन की हाम्रो सांस्कृतिक भड्डी नै यस्तो छ जहा वाट वेदाक निष्किनु कठिनछ । हामी दुनियाँको, सर्वोत्तम सङ्घीय लोकतान्त्रिक व्यवस्थाद्वारा शासित छौ। तर, उत्तम व्यवस्था अधम चरित्र, हाम्रो नियति वनिरहेकोछ। अव त सुधार होला, यो भए हुन्छ कीरु त्यो भए हुन्छ भनी, जुङाको रेखी नबस्दै आसामा कुरीरहेको नागरिकको कपाल सेताम्मे भई सक्दा पात्र उही, प्रवृत्ति उही, चरित्र उहीको कारण असन्तुष्टि वढदै जानु स्वाभाविक छ।
हाम्रो संस्कृतिजन्य र हाम्रो नियतिजन्य जायजन्म भई हुर्केको भ्रष्ट्राचार, चाकरी, आफन्तवादको सांस्कृतिक जालोलाई भताभुङ्ग पार्दै, उत्तम व्यवस्था हाक्ने उत्तमपुरुष प्राप्त गर्ने र समुन्नत नेपाल सम्मानित नेपाली वन्ने वाटो,हाम्रो देशको हकमा वन्द नै भएकोहो त ? धेरैको जवाफ हो भन्ने आउने सहजै अनुमान गर्न सकिन्छ, तर सो जवाफ सही होइन, अफिम खाएर दिनभरि लठ्ठिनेहरुको, छिमेकी देश चीनले गरेको तरक्की, १९० वर्ष अग्रेजको गुलामी झेलेको अर्को छिमेकी भारतको प्रगति मात्रै नभएर, लिम यो घे को भ्रष्ट शासनले थिलथिलो भएको सिङ्गापुरको आधुनिकता जस्ता ऐतिहासिक सत्यहरुले हामिलाई समुन्नत नेपाल वन्दैन भनेर नकारात्मकता पाल्ने छुट दिदैन।
देशलाई लयमा ल्याउने मियो राजनीतिनै हो, राजनीतिलाई देश र जनताको हितमा हाँक्ने जिम्मा राजनीतिक नेतृत्वको नै हो, तसर्थ सबै राजनीतिकर्मीहरु खतम, सबै राजनीतिक दलहरू खतम भनेर सवैलाई एकै डालोमा राखि समान्यीकरण गर्दै, सबै नेताहरुको समान मूल्य निर्धारण गर्ने हाम्रो चिन्तन दोषले पनि क्षमतावान, चरित्रवान र संकल्पवान नेताहरु दल भित्रको राजनीति र देश भित्रको राजनीतिमा अगाडी आउन सकिरहेका छैनन्। दलहरु भित्रका सबै नेताहरू खरावै खराव छैनन्, संख्यामा थोरै भए पनि हरेक दलहरु भित्र मूल्यको राजनीतिमा अडिएका नेताहरु पनि छन् । दलहरु भित्र त्यस्ता नेताहरुलाई चिन्न त चिन्ने तर दलको नेतृत्वमा नेता छनौट गर्दा, नेता राम्रो त फलानाहो तर भोट फलाना नेतालाई दिन्छु भन्दै रुपान्तरण र परिवर्तनको पक्षमा उभिने हुती नभएका कार्यक्रताहरुको वाहुल्यता रहेका कारणले पनि,असक्षमहरुको दल भित्रको सिन्डिकेटले निरन्तरता पाइरहेकोछ। सबै तिरको निराशा र गतिहीनता वीच,नेपाली राजनीतिको ड्राइविङ सिटमा वसेर, सुधारको जिम्मा लिने उदघोष सहित मिशन पीएमको तयारी गरिरहेका, पुरानो नेतृत्वलाई खुलमखुल्ला चुनौती दिँदै दलको र देशको नेतृत्व गर्न नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा अग्रसर देखिन्छन्, दल र देशको नेतृत्वको रेसमा खालि गगन मात्रै छन् भन्ने, भने होइन तर जुन प्रखरता, तयारी र गतिशीलतासहित गगन अगाडी बढीरहेका छन्, त्यो आत्मविश्वास कमसेकम उन्को पुस्ताका अरु उन्कैदल भित्रका र फरकदलका,उन्को पुस्ताका नेताहरुमा देखिँदैन।
गगनले पत्याउने आधार वनाएका छन्
कसैले म प्रधानमन्त्री बन्छु देश सुधार्छु म सभापति बन्छु पार्टी सुधार्छु भन्दैमा, पत्याई दिनु पर्ने कुनै कारण छैन, तर कक्षा ९-१० मा पढदै विद्यार्थी राजनीतिमा प्रवेश गरेका थापा जुझारुपना, एजेन्डा स्थापित गर्ने क्षमता, अध्ययनशीलता र वाककलाको कारण मात्र नभएर संविधानसभा सदस्यको रुपमा संविधान निर्माणमा उन्ले खेलेको भूमिका, सांसदकोरुपमा हाल सम्म देखाएको प्रखरता, छोटो अवधि मन्त्री हुँदा गरेको डेलिवरीका कारण जनतामाँझ लोकप्रिय छन्, राष्ट्रिय राजनीतिमा झन्डै थापाको ३० वर्षे अवधिसम्म चरित्रमा बेदाग रहनु उन्को सबै भन्दा ठुलो पूजी मान्न सकिन्छ, आम नेपाली राजनीतिकर्मीहरु भन्दा यिनै पृथक बिशेषताहरुका वलमा उन्ले पार्टी भित्र र बाहिर पत्याउने वलियो आधार वनाएका छन्। बाख्रा फर्मको प्रायोजित आरोप, साँझ ८ बजे पश्चातको उन्को विचौलियाहरुसंगको वसाईको जोक, पछिल्लो समय जर्मनीमा उन्को लगानी रहेको भन्दै भाडाका अन्तरवार्ताहरु, सबै उटको ढाड भाँच्ने परालको त्यान्द्रो भएको व्यहोरा सवैलाई अवगतनै छ, तथापि सबै जस्तै थापा पनि उस्तै हुन भन्ने वनाउन यस्ता यत्नहरु निरन्तर भइरहने छन्। दलभित्र, गगनलाई दुधे वालक देख्ने वाजे पुस्ता, स्टन्टवाज देख्ने उन्को समकालीन पुस्ता, ठिक गगन हुन भन्ने तर मत दिदैन भन्ने भाट पुस्ता वरकरार छन्, दल बाहिर पनि उन्को तेजोवधको व्यवस्थित घेरावन्दी हुनेनै छ, यी सबै वाधाहरुका वीच दौडन सक्छन, सक्दैनन, यो गगनको कुरा रह्यो, तर नेपाली काँग्रेस भित्र मात्रै होइन, काँग्रेसको भन्दा फरक विचार राख्ने वुद्धीजिवी समुदाय, उद्यमी, व्यवसायी र युवा समुदाय वीच पनि वर्तमान व्यवस्थालाई प्रतिफल दिने गरी हाँक्ने क्षमता, योजना, प्रतिवद्धता र चरित्र सहितको तयारी गगन संगमात्रै भएको कुरा विस्तारै स्थापित हुदै गइरहेको छ। काँग्रेस वर्तमानमा सत्ताको नजिक रहेको दलमात्रै होइन, भविष्यमा समेत सत्ता नजिक रहने संभावना बोकेको दलहो त्यसकारण काँग्रेसको नेतृत्व र वर्तमानका असन्तुष्टिहरु विच गहिरो सहसम्वन्ध छ। काँग्रेसका नेता कार्क्रताहरुको अगाडी इतिहासले वर्तमान का समस्याहरु हल गर्ने जिम्मेवारी दिदैछ,त्यो जिम्मेवारीको तयारी पनि गगन हो । गगनलाई देवत्वकरण गरेर अरु भन्दा फरक देखाउनु पनि भुलहो, उन्का पनि मानवीय कमजोरी छन् र हुनेछन् सत्ता र शक्तिको नजिक पुग्दा धेरै नेताहरुको सन्तपना हराएझै, उन्को पनि नहराउला भन्न सकिदैन, नेताहरु वरालिएको क्षति नेपाली जनताहरुले भोगिरहेको अवस्थामा आशलाग्दो चरणमा पुगेका गगनलाई दिनै पर्ने सुझावहरू।
आलोचक होइन चाकरबाट जोगिने:
शक्तीको पूजा र चाकरी हाम्रो संस्कृति जन्य संस्कारहो, नेपालका नेतामात्रै होइन, राजा समेत चाकरका कारणले असफल भएको इतिहासलाई ख्याल गर्दै, आलोचक बाट होइन,चाकरहरुवाट टाढा वस्नसक्नु पर्दछ।
बिचौलियासँग सतर्क रहने:
गगन थापा सहभागी कार्यक्रमहरू तुलनात्मकरुपमा अरु नेताहरु सहभागी कार्यक्रमहरु भन्दा उपस्थित र उत्साहको हिसावले ज्यादा जीवन्त देखिन्छन् , आलोचकहरुले सो दृश्यलाई दक्षिण भारतीय हिन्दी फिल्मको लावालस्करको संज्ञा पनि दिनेगरेको पाइन्छ, नेताहरूले गर्ने भ्रमण, आवत जावत, कार्यक्रताको खटनपटन, रहनसहन साँच्चिकै खर्चिलो छ, यस्तो मौकामा विचौलियाहरुले गाडीघोडा, खाने पिउने वन्दोवस्तको जिम्मा लिएर नेताहरूलाई अनुग्रहित वनाउने कुरा जगजाहेर छ। तसर्थ यस्ता निहित स्वार्थका साथ खातिरदारी गर्नेहरु बाट जोगिन सकिएन भने त्यो नेताले सुशासनको अगुवाइ गर्न सक्तैन ।
विकटता र विपन्नताको अध्ययन
प्राय नेताहरूको आवतजावत, उठवस, सुविधा सम्पन्न ठाँउ र हुनेखाने जमात संगनै ज्यादा हुन्छ। भ्रमण कार्यक्रमहरुमा आउजाउ हुँदा पनि पहुँच भएकाहरुको घेरोले नेता र पिडामा भएका जनता विच प्रत्येक्ष साक्षात्कार हुन दिदैनन, जस्ले नेताहरुलाई पनि यथार्त जमीनि पिडा र समस्याको सूचना प्राप्त हुदैन भने, पीडित जनताहरुमा, नेता भनेका गरिवसंग नहिडने, नवोल्ने एलिट वर्गका प्रतिनिधि मात्रैहुन भन्ने नेता प्रतिको नकारात्मकता स्थायी हुदै जान्छ। विकटता, गरिबी र अभाव भएको भुगोल र जनता सँगै प्रत्यक्ष कनेक्टिभिटी र अध्यन हुनुपर्दछ। कसैलाई होच्याएर गगनलाई उचाइमा पुगाउनु आलेखको अभिष्ट होइन, लेखक र गगन वीचको भूगोलको दुरी र सम्वन्धको दुरी पनि निकट होइन तर अन्तष्करणले देखेको लेख्न मात्रै खोजिएकोहो, नेता निर्माणको प्रक्रिया लामोछ, तर नेता भत्किने प्रक्रिया अत्यन्तै छोटो छ, निरासाको पसल थापेर नेता वन्ने नेतृत्व होइन, जिम्मा लिएर आसा जगाउने नेता नेपालको आवश्यकता हो, जो गगनमा देखिन्छ।
(लेखक- पुलेन्द्र कार्की नेपाली काँग्रेस दार्चुलाका सचिव हुन् )
प्रतिक्रिया