उदयपुर ।
उदयपुरमा शुक्रबारदेखि सडक सुरक्षा अनुशासन तथा सवारी दूर्घटना न्यूनिकरणकालागि
ट्राफिक सप्ताह शुरु भएको छ ।कोशी प्रदेश सरकारको आन्तरिक तथा कानून मन्त्रालय, जिल्ला प्रहरी कार्यालय उदयपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा ट्राफिक सप्ताह २०८२ प्रभारतफेरी का साथ उक कार्यक्रमको आयोजना गरी शुरु भएको हो ।

त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा बस्नेतले नगरपालिकाले सडक सुरक्षा सबन्धी कार्यक्रमलाई सहयोग गरिरहेको र सडक कब्जा गरेर व्यापारिक सामान राख्ने नियम कानुन नमान्ने गरेका कारण पनि समस्या भएको र समाजका मानिसहरको मनस्थिसत परिवतृन नभएसम्म सुधार नहुने र यस्तो अवस्थामा लगानी गर्नु भनेको बालुवामा पानी हाले सरह हुने बताए ।
त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरी राईले सरोकार बाला निकायहरु सबै बसेर यस विषयमा छलफल गर्नु पर्ने र प्रहरीले नियमित रुपमा सचेतनाका कार्यक्रमहरु गरिरहेको हुँदा सरोकार बालाहर मिलेर दूर्घटना न्यूनिकरण गर्न सहयोग गर्नु पर्ने बताइन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरिक्षक हरिहरनाथ योगीले जिलला भित्र भएका सवारी दूर्घटनाका बारेमा जानकारी दिएका थिए । योगीले सचेतना कार्यक्रमहरु संचालन गरेर सडक सुरक्षाका उपायहरु र नीति अबलम्बनगरी अघि बढेको बताए ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रजिअ लुइटेलले सप्ताहव्यापी सचेतनाको कार्यक्रम ३सय ६५ दिन नै हो भनेर हामीले कार्यक्रम गर्नु पर्ने बताए । प्रजिअ लुइटेलले विकास समृति खासगरस् सडकले आउने भएकोले सडक सुरक्षा हामी सबैकोलागि आवश्यक भएको बताए ।
उदयपुरमा खास गरी मदनभण्डारी लोकमार्गमा को उदयपुरगढी गाउँपालिका वडा नं ७ अधेरीमा सबैभन्दा बढी सवारी दूर्घटना हुने गरेकोले सडकका मोडहरु सुधार गर्न नगरपालिकाले संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा लेखि पठाएको र सडकका मोडहरुका कारण पनि बढी दूर्घटना भएको कार्यक्रममा जानकारी दिइएको थियो ।
प्रतिक्रिया