उदयपुर ।
उदयपुर जिल्लामा २०८३ असोज महिनामा विभिन्न सडकमा भएको सवारी दूर्घटनामा परेर ६ जनाको ज्यान गएको छ भने ९१ जना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार असोज महिनामा कुल दूर्घटना ३६ वटा भएकोमा ६ जनाको ज्यान जानुका साथै ९१ जना यात्रुहरु घाइते भएकोमा उदयपुर जिल्ला अस्पताल तथा विभिन्न अस्पतालमा उपचारपछि स्वस्थ्य भएर घर फर्केका छन् । ५२ वटा सवारी साधन दूर्घटनामा संलग्न भएको र ८० जना मानिसको प्रहरीले उद्धार गरेको छ जिल्ला प्रहरी कार्यालय उदयपुरद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
दूर्घटना हुनुको कारणमा चालकको लापर्वाहीले ३१ वटा, सवारी साधनको कमजोर अवस्थाका कारण २ वटा, यात्रुका कारण १ वटा र सडकको अवस्थाका कारणले २ वटा सवारी दूर्घटना भएको जिल्ला प्रहरी कार्याल्य उदयपुरद्धारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ ।
असोज महिनामा प्रहरी तथा ट्राफिक प्रहरीद्धारा ३ हजार ४ सय ६९ पटक सडकमा सवारी साधन चेकिङ गरिएकोमा ४ सय सवारीसाधनहरुलाई कार्वाही गर्दा रु.४ लाख ४८ हजारी राजस्व संकलन गरिएको उक्त प्रेस नोटमा उल्लेख गरिएको छ ।
सवारी दूर्घटना न्युनिकरण गर्न प्रहरीले समुदायमा, विद्यालयमा, वडागत रुपमा र टोल विकास संस्थासँग समन्वय तथा सहकार्य गरेर जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलयद्धारा पनि सवारी चालक तथा यात्रुहरुलाई सचेतना मुलक कुराहरु जानकारी दिने गरेको र १० ठाउँमा १० वटा सचेतना मुलक कार्यक्रमहरु संचालन गरेको यसबाट २ सय १० जना लाभान्वित भएको प्रेस नोटमा जनाइएको छ ।











प्रतिक्रिया