एकल कातामा एलिनालाई स्वर्ण


काठमाडौं।

कीर्तिपुर नगरपालिका (नपा( की एलिना थिङले काठमाडौं जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नपाकी प्रसन्न फुयाललाई पराजित गरिन् ।

नागार्जुन नपाकी बन्दना तामाङ तथा आयोजक काठमाडौं महानगरपालिका (मनपा) वडा २६ की मिस्टी श्रेष्ठ तेश्रो भए । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।