मेष : आर्थिक लाभ, सुख, प्रसन्नता भए पनि बेलुकीपख चोटपटकको सम्भावना देखिन्छ
वृष : समय शुभ छ । सुख–सन्तोष, आर्थिक लाभ, परिवार–सुख, उत्तम भोजनको अवसर होला ।
मिथुन : राज्यबाट भय, मान–सम्मानमा धक्का भए पनि बेलुकीपख कार्य सिद्धि, सुखानुभूति होला ।
कर्कट : समय शुभ छैन । रोगव्याधिको भय, व्यापारादि कार्यमा असफलता, राज्य भय होला ।
सिंह : धन लाभ, सम्मान प्राप्ति, कार्य सफल तर बेलुकीपख भने अस्वस्थता, कष्ट हुने देखिन्छ ।
कन्या : दिन बलवान् छ । आर्थिक लाभ, शत्रु विजय, पुरस्कारको प्राप्तिको सम्भावना देखिन्छ ।
तुला : काममा असफलता, वायुजन्य रोगको भय तर बेलुकीपख द्रव्य लाभ, स्वास्थ्य लाभ होला ।
वृश्चिक : सजग रहनुस्, पेटको समस्या, काममा बाधा, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न ।
धनु : प्रसन्नता, द्रव्य लाभ, पराक्रम भए पनि बेलुकादेखि भने विवाद, अनिद्राको समस्या हुन सक्छ ।
मकर : शुरुमा धन नाश, मानसिक चञ्चलता भए पनि बेलुकीपख भने लाभ, प्रसन्नता होला ।
कुम्भ : खाद्यान्न लाभ, उपहार प्राप्ति हुने देखिन्छ तर अपराह्नबाट मन अस्थिर, नोक्सानी होला ।
मीन : अपराह्नसम्म धन हानि, दुर्घटना, रोगको भय, त्यसपछि भने उत्तम भोजन, कार्य सफल होला ।
प्रतिक्रिया