असार १ गते आइतबार,यस्तो छ तपाईंको राशिफल


मेष : समय अनुकूल भएकाले शारीरिक सुख, गरेका काम सफल, स्वास्थ्य लाभ, हर्ष होला ।

वृष : राजनीतिज्ञबाट त्रास, प्रतिष्ठामा कमी, तनाव हुन सक्ने भएकाले सजग रहनु नै बेस ।

मिथुन : समय शुभ देखिँदैन । स्वास्थ्यमा खराबी, धनको क्षति, पढाइमा व्यवधान हुन सक्छ ।

कर्कट : दिन उत्तम छ । धन लाभ, व्यक्तित्व विकास, नेतृत्वमा सफलता, कार्य पूर्ण होला ।

सिंह : तपाईंका लागि दिन शुभ छ । पैसा प्राप्ति, परीक्षा–खेलकुद क्षेत्रमा जीत, सम्मान होला ।

कन्या : सर्तक रहनु बेस छ । ग्यास्टिक, वायुजन्य रोगको सम्भावना, अशान्ति हुन सक्छ ।

तुला : खानपानले पाचनमा समस्या, आलस्यता, के गरौं के नगरौंको अवस्था आउन सक्छ ।

वृश्चिक : समय उत्तम भएकाले द्रव्य लाभ, मान–सम्मान, व्यापारिक सफलता, ज्ञान वृद्धि होला ।

धनु : सजग रहनुहोला । धन नोक्सानी, विनाकाममा खर्च, आँखामा समस्या हुन सक्छ ।

मकर : समय उत्तम भएकाले धन लाभ, पुरस्कार–सम्मानको सम्भावना, कार्य सफल हुन सक्छ ।

कुम्भ : आर्थिक अभाव, चोटपटकको भय, कसैबाट धोका हुन सक्ने भएकाले सजग रहनुहोला ।

मीन : समय अनुकूल छ । आर्थिक लाभ, मिष्ठान्न भोजन, केही प्राप्तिको सम्भावना देखिन्छ ।