मेष : समय बलवान् छ । पढाइ, जागिर, मुद्दामामिलामा विजय, लाभ, सम्मान हुने देखिन्छ ।
वृष : तपाईंका लागि समय उत्तम छ । कार्य सिद्धि, सुख–सन्तोष, सफलता, पैसा प्राप्ति हुन सक्छ ।
मिथुन : दिनचर्या अस्तव्यस्त, पारिवारिक झमेला हुन सक्छ । बेलुकीपख भने लाभ, कार्य सिद्धि होला ।
कर्कट : द्रव्य लाभ, प्रगति होला । बेलुकीपख भने अस्वस्थता, तनाव बढ्न सक्ने देखिन्छ ।
सिंह : समय उत्तम छ । धन लाभ, उपहार, कोसेली, गिफ्ट एवम् खाद्यसामग्री प्राप्त हुन सक्छ ।
कन्या : समय बलवान् छ । आँटेको काम हुने, धन लाभ, व्यापार एवम् परीक्षामा सफलता होला ।
तुला : शुरुमा झैझगडा, खर्च हुन सक्छ । बेलुकीपख भने लाभ, सुख–शान्ति हुने देखिन्छ ।
वृश्चिक : द्रव्य लाभ, मिष्ठान्न भोजन, सुखद यात्राको सम्भावना छ । तर अपराह्नबाट राम्रो छैन ।
धनु : तपाईंका लागि समय शुभ छ । आँटेको काम पूरा हुने, धन लाभ, विद्याप्राप्तिको सम्भावना छ ।
मकर : दिन शुभ छ । राजनीतिमा सफलता, बोलीमा सफलता, कार्य सिद्धि, सुख–सन्तोष हुने देखिन्छ ।
कुम्भ : शुरुमा सजग रहनुहोला, अस्वस्थता हुन सक्छ । बेलुकीपख भने सम्मान, राज्यबाट लाभ होला ।
मीन : मान–सम्मान, धन लाभ, समस्या सुल्झने देखिन्छ तर बेलुकीपख भने कष्ट नहोला भन्न सकिन्न ।
प्रतिक्रिया