अमेरिका पठाइदिने भन्दै ५५ लाख ठगी, एक जना पक्राउ 


काठमाडौँ। 

  वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय शक्ति खड्का रहेका छन्। काठमाडौं-१६ नयाँ बसपार्क बस्दै आएका खड्कालाई शुक्रबार पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

खड्काले सोही ठाउँका एक युवाबाट ५५ लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए। लाखौं तलब हुने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि ती युवा प्रहरीमा पुगेका थिए।

जाहेरी परेपछि प्रहरीले खड्काको खोजी सुरू गरेको थियो। प्रहरीका अनुसार खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।