लन्डन, (एजेन्सी)
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आगामी विश्व टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी) को पुरस्कार रकम घोषणा गरेको छ । प्रतियोगिताको विजेताले ३६ लाख तथा उपविजेताले २१ लाख ६० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
अघिल्ला दुई संस्करणको विजेताले १६ लाख र उपविजेताले ८ लाख अमेरिकी डलर प्राप्त गरेका थिए । जुन ११ देखि १५ तारिखसम्म लड्र्स मैदानमा हुने वल्र्ड टेस्ट च्याम्पियनसिप २०२३–२५ को फाइनलमा दक्षिण अफ्रिका र साबिक विजेता अस्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया