लन्डन, (एजेन्सी)
इटालियन फुटबलको प्रतिष्ठित नकआउट प्रतियोगिता कोपा इटालिया २०२४–२५ को उपाधि यसपटक आश्चर्यजनक रूपमा बोलोग्नाले जितेको छ । इटालीको राष्ट्रिय रंगशाला स्टाडियो ओलम्पिकोमा भएको फाइनल खेलमा बोलोग्नाले १–० ले एसी मिलानलाई स्तब्ध बनाएको हो ।
लामो समयदेखि इटालियन फुटबलमा संघर्षरत बोलोग्नाका लागि यो जित केवल उपाधि मात्र होइन, क्लबको इतिहासमै एउटा सुनौलो मोड हो । क्लबले पछिल्ला ५० वर्षमा पहिलोपटक कुनै प्रमुख उपाधि जित्न सफल भएको हो, जुन उपलब्धिले समर्थकहरूलाई भावुक बनाएको छ ।
खेलको एकमात्र र निर्णायक गोल ५३औं मिनेटमा डान एनडोएले गरेका थिए । सो गोलपछि पनि बोलोग्नाले उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्दै अग्रता जोगायो । बलियो आक्रमण लाइन रहेको मिलानले खासै प्रभावशाली मौका सिर्जना गर्न सकेन, जसको फाइदा उठाउँदै बोलोग्नाले खेलको नतिजा आफ्नो पक्षमा पा¥यो ।
यस जितले फेरि प्रमाणित ग¥यो कि फुटबल केवल नाम वा इतिहासको खेल मात्र होइन । कडा मेहनत, रणनीति, र समर्पणले अपेक्षाविपरीत नतिजा पनि दिलाउन सक्छ भनेर । उपाधि दावेदारी मानिएको एसी मिलान जस्तो टोलीलाई हराएर बोलोग्नाले कोपा इटालिया आफ्नो नाममा लेखाउन सफल भयो, जुन आगामी सिजनका लागि पनि टोलीको मनोबल बढाउनेछ ।
प्रतिक्रिया