लन्डन, (एजेन्सी)
फ्रेन्च फुटबल स्टार केलियन एमबाप्पेले स्पेनिस क्लब रियल मेड्रिडमा डेब्यू सिजनमै दुई ऐतिहासिक कीर्तिमान बनाएका छन् । पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट फ्री ट्रान्सफरमा रियल आएका एमबाप्पेले क्लबका लागि पहिलो खेलमै उपाधि जितेर सशक्त सुरुआत गरेका थिए । यद्यपि, उनले क्लबलाई प्रमुख प्रतियोगितामा उपाधि भने दिलाउन सकेका छैनन् । तर, व्यक्तिगत उपलब्धिका हिसाबले भने उनको सिजन सफल रहँदै आएको छ । हालैको ला लिगा खेलमा रियलले मालोर्कामाथि घरेलु मैदानमा २–१ गोलअन्तरको को कठिन जित हात पार्दा एमबाप्पेले एक गोल गर्दै दुई महत्वपूर्ण कीर्तिमान कायम गरे ।
डेब्यू सिजनमै क्लबका लागि ४० गोल पु¥याउने पहिलो खेलाडी
एमबाप्पे रियल मेड्रिडको इतिहासमा पहिलो खेलाडी बनेका छन् जसले क्लबमा आफ्नो पहिलो सिजनमै ४० गोल पु¥याएका छन् । हालसम्म कुनै पनि नयाँ खेलाडीले यस्तो उपलब्धि हासिल गरेका थिएनन । क्रिस्टियानो रोनाल्डोले समेत यस्तो उपलब्धि हासिल गर्ने सकेन । रोनाल्डोले सन् २००९–१० को डेब्यू सिजनमा ३३ गोल मात्र गरेका थिए । एमबाप्पेको हालसम्मका ४० गोलमध्ये २८ गोल ला लिगामा, ७ गोल च्याम्पियन्स लिगमा र बाँकी अन्य प्रतियोगितामा छन् । सिजनका अन्तिम दुई खेल अझै बाँकी रहेकाले उनका गोल संख्या अझ बढ्न सक्नेछ ।
ला लिगामा डेब्यू सिजनमै सर्वाधिक गोल
एमबाप्पेले ला लिगामा २८ गोल गर्दै अर्को कीर्तिमान पनि बनाएका छन् । उनी रियल मेड्रिडका लागि डेब्यू सिजनमै घरेलु लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यसअघि यो रेकर्ड क्लबका महान खेलाडी अल्फ्रेडो डी स्टेफानोको नाममा थियो, जसले आफनो पहिलो सिजनमा २७ गोल गरेका थिए । एमबाप्पेको यो प्रदर्शनले उनी क्लबका लागि एक ऐतिहासिक डेब्यू सिजन बनाउँदै गरेको पुष्टि गर्छ । एमबाप्पेले बनाएका यी कीर्तिमानले रियलमा उनको आगमन कति प्रभावशाली रह्यो भन्ने कुरा स्पष्ट देखिन्छ ।
प्रतिक्रिया