ब्ल्याकआउट एक सुरक्षा प्रक्रिया हो । जब शत्रुले देशबाट हवाई या ड्रोन हमला गर्छ तब सहर, सडक, घरका बिजुली बन्द गरिन्छ । यहाँसम्म कि गाडीहरूको बिजुली पनि बन्द गरिन्छ । सहर पुरै अन्धकार बनाइनेछ । यसको एउटै लक्ष्य हुन्छ कि राति अँध्यारोमा आकाशमा उडिरहेको शत्रुको विमान या ड्रोनले कुनै प्रकाश देखिँदैन । यसबाट उनीहरूलाई बमबारी वा हमला गर्न कठिन बनाउँछ ।
ब्ल्याकआउट गर्नाले शत्रुहरुको भिडियो क्यामरा, निगरानी उपकरणहरू र इन्फ्रारेड सेन्सर्सका लागि लक्ष्य पहिचान गर्न कठिन हुन्छ । सेटेलाइट र जीपीएसबाट कुनै स्थानको जानकारी मिले पनि राति अँध्यारो हुँदा संकेत सीमित हुन्छ । त्यो सीमित संकेतले उनीहरूले हमला गर्न सकिँदैन । यसले कम जानकारीसमेत दिने हुँदा कुन स्थानमा के छ भनेर पनि यकिन गर्न सकिँदैन ।
-ब्ल्याकआउटमा के के गरिन्छ ?
-घर, पसल, अफिस र सार्वजनिक स्थानहरूका सबै लाइट निभाइन्छ ।
-गुडिरहेका गाडीहरू रोकिन्छ र इन्जिन र हेडलाइट बन्द गराइन्छ ।
-इमरजेन्सी सेवाहरूबाहेका सबै बाहनको आवतजावत रोकिइन्छ ।
-झ्यालहरूमा कालो पर्दाले ढाक्न दिइन्छ ।
-एयर रेड साइरन बजाएर खतराको अलर्ट दिइन्छ ।
-पुलिस र सेनाको गस्ती बढाइन्छ ।
—नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरिन्छ ।
—बाहिर सडकमा भएमा सुरक्षित स्थानमा जानुपर्छ ।
प्रतिक्रिया