लुम्बिनी ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २५६९औं बुद्धजयन्तीको मुल समारोहको उद्घाटन गर्नुभएको छ ।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले बुद्धको शान्ति, अहिंसा र सहिष्णुताको सन्देशलाई संसारभर फैलाउन लुम्बिनीको भूमिकालाई अझ सशक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रको रूपमा विकास गर्ने सरकारको योजना र दृष्टिकोण पनि प्रस्तुत गर्नुभयो।
समारोहमा विभिन्न मुलुकका राजदूत, बौद्ध भिक्षुहरू, श्रद्धालु तथा सरकारी अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विशेष पूजाआजा, शान्ति प्रार्थना, सांस्कृतिक प्रस्तुति र बुद्धको शिक्षाबारे मन्तव्यहरू प्रस्तुत गरिएको थियो।
बुद्धजयन्तीको अवसरमा लुम्बिनीमा लाखौं श्रद्धालुहरूको भीड लाग्ने परम्परा छ। यस वर्ष पनि देश-विदेशका बौद्ध अनुयायीहरूले लुम्बिनीमा उपस्थित भएर बुद्धप्रति श्रद्धा अर्पण गरेका छन्। बुद्धजयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइन्छ, जुन दिन भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको विश्वास गरिन्छ।
प्रतिक्रिया