बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री ओलीद्वारा शुभकामना व्यक्त


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धले शान्ति, मानवता, करुणा र अहिंसाको सन्देश दिएका छन् । २५६९ औँ बुद्ध जयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले यी कुरा बुद्धले दिएकाे अमूल्य उपहार भएको बताए। ‘अहिंसाको उज्यालो प्रकाश, मानवता र करुणाको अमूल्य उपहार– यिनै हुन् गौतम बुद्ध’, सामाजिक सञ्जाल फेसबुकमा ओलीले लेखेका छन्

बुद्ध जयन्तीले हामीलाई उनको जन्म, बोध प्राप्ति र महापरिनिर्वाणको स्मरण गराउने उल्लेख गरेका छन् । ‘बुद्धका मार्गदर्शनले हाम्रो दृष्टि सम्यक् बनोस्, विचार शुद्ध रहोस् र कर्म उज्यालो होस्’, ओलीको शुभेच्छा छ ।

ओलीले बुद्ध जयन्तीको अवसरमा शान्तिको कामना गरेका छन् । ‘सबैको मनमा शान्ति, व्यवहारमा करुणा र जीवनमा उज्यालो छाओस्, बुद्ध जयन्तीको हार्दिक शुभकामना, सबको जय होस्, सबलाई सुख होस्’, उनले लेखेका छन् ।