बैंकक र पत्तयामा नेपालको सानदार प्रस्तुति


थाइल्यान्डको राजधानी बैंकक तथा पत्तयामा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदानप्रदान कार्यक्रममा एभरेस्ट नेपाल कल्चरल ग्रुपले नेपालको तर्फबाट सानदार प्रस्तुति दिएको छ।

तीन दशकभन्दा लामो समयदेखि सांस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको एभरेस्ट नेपाल कल्चरल ग्रुपले बैंकक र पत्तयामा आयोजित कार्यक्रममा नेपालका विभिन्न परम्परागत नृत्य प्रस्तुत गरेको थियो। मेलामा नेपालसहित मेक्सिको, श्रीलंका, रसिया र थाइल्यान्डको सहभागिता रहेको थियो।

ग्रुपका प्रमुख डा। आरसी कोइराला ‘रामचन्द्र’को नेतृत्वमा नृत्य निर्देशक संघ लुम्बिनी प्रदेशका पदाधिकारी तथा कलाकारहरू लोकेन्द्र शाह, साबित्री बुढाथोकी (मीना) , सुन्दर गुरुङ, डिल कुमारी उपाध्याय (प्रतिमा), मन्जु दमाई, दावा शेर्पा (दर्पण), उषा खत्री, कमला प्रधान (रजनी) , मोनिका राना, लिला घिमिरे, माया बस्याल कार्यक्रममा सहभागी थिए।

सो अवसरमा समूहका प्रमुख डा. आरसी कोइरालाले स्थानीय नगरपालिकाका प्रमुख तथा मेलाका सहभागीलाई नेपालमा सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना तथा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायको सहयोगमा गर्न सकिने जानकारी गराएका थिए।