काठमाडौं ।
होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगितामा विजेता बनेका छन् । यू १९ उमेर समूहमा सिंगल्सको ब्वाइजमा हिमाल र गल्र्समा इभाना पहिलो भएका हुन् ।
ब्वाइज फाइनलमा हिमालले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६–११, ११–६, ११–९ र ११–६ को सेटमा पराजित गरे । गल्र्सको उपाधि भिडन्तमा इभानाले एभीएमकै वियंका राईलाई ७–११, ११–१, ११–७ र ११–९ को सेटमा हराइन् । शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १० हजार, ५ हजार र २५ सय नगद पुरस्कार हात पारे ।
प्रतिक्रिया