एजेन्सी ।
झोन दुरान र क्रिस्टियानो रोनाल्डोको गोलको सहयोगमा साउदी प्रो लिग टोली अल नासर एसियन च्याम्पियन्स लिग एलिटको क्र्वाटरफाइनलमा पुगेको छ ।
अल नासरले इरानी क्लब एस्तेग्लाललाई दोस्रो लेगमा ३–० ले पराजित गरेको हो । समग्रमा ३–० कै अग्रता बनाएर अल नासरले८ अन्तिम आठमा स्थान पक्का गरेको हो । टोलीको जितमा रोनाल्डोले एक गोल गर्दा दुरानले दुई गोल गरेका थिए । यसअघि तेहरानमा भएको पहिलो लेग खेल गोलरहित बराबरीमा सकिएको थियो ।
खेलको नवौं मिनेटमा दुरानले अल–नासरलाई अग्रता दिलाए । एस्तेग्लालका गोलकिपर सेयेद होसेइन होसेइनीले बल नियन्त्रणमा लिन नसेकपछि कोलम्बियाली खेलाडीले झन्डै २५ यार्ड टाढाबाट गोल गरे ।
अल नासरले पेनाल्टी गोलमार्फत २७ औं मिनेटमा अग्रता दोब्बर बनायो । यसपटक रोनाल्डोलेसाथ पेनाल्टीमा गोल गरेका थिए । मोहम्मद निकनाफ्सले सादियो मानेलाई फाउल गरेपछि अल नासरलाई पेनाल्टी दिइएको थियो ।
पहिलो हाफको अन्त्यतिर मेहरान अहमदी दोहोरो पहेँलो कार्ड पाएर मैदान बाहिरिएपछि पहिले नै २–० ले पछि परिसकेको एस्तेग्लाल झनै समस्यामा परेको थियो । ८४औं मिनेटमा दुरानले अर्को गोल गर्दै टोलीको अन्तिम आठको यात्रा सहज बनाएका थिए ।
प्रतिक्रिया