दसौं राष्ट्रिय खेलकुद जेठ ३ देखि


काठमाडौं।

कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आगामी वर्ष जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद अर्का वर्ष जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघि राखेपको ११८ औं बोर्ड बैठकले आउँदो चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।