हिलारी सेमिफाइनलमा


काठमाडौं ।


हिलारी नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिलारीले लिम्पियालाई २–१ गोलले पराजित ग¥यो । हिलारीका लागि दुवै गोल प्रीतम यादवले गरे । लिम्पियाका सर्जन बुढाले १ गोल फर्काए ।

काँडाघारीस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा बेस्ट ग्रुप भिजनले न्यु स्टार पोललाई टाइब्रेकरमा ३–२ गोलले हराउदै अन्तिम चारमा पुग्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगियो । ग्रिनविच पनि अन्तिम चारमा पुग्यो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।