सिनरलाई असर नपर्ने प्रतिबन्ध


लन्डन, (एजेन्सी)

विश्व नम्बर एक खेलाडी यानिक सिनरमाथि डोपिङ मामिलामा तीन महिनाको प्रतिबन्ध लगाइयो । वल्र्ड एन्टी डोपिङ एजेन्सी (वाडा) र इटालियन सिनरबीच तीन महिना प्रतिबन्धको सम्झौता भएको हो ।

गत वर्ष मार्चमा प्रतिबन्धित एनाबोलिक स्टेराइड उनले सेवन गरेको दोषी पाए । तर, उनले उपाधि र पुरस्कार राशिसमेत गुमाउनुपरेको थिएन । अहिले पनि सिनरले तीन महिनापछि खेल्न पाउनेछन् ।

यो प्रतिबन्धले उनको विश्व नम्बर एक रेन्किङमा पनि फरक पार्दैन । यहाँसम्म कि उनले ग्रान्डस्लाम प्रतियोगिता पनि खेल्न पाउनेछन् । यस्तो वाडा र इटालियन खेलाडीबिचको सो सम्झौता भएपछि यस विषयमा तीन पटकको ग्रान्डस्लाम च्याम्पियन स्टेन वावरिन्काले एक्समा लेखे —‘म अब स्वच्छ खेलमा विश्वास गर्न सक्दैन ।’
यसै गरी विम्बल्डनका उपविजेता निक किर्गियोसले पनि एक्समा लेखे—‘टेनिसमा निष्पक्षता रहेन । सिनरको टोलीले केवल तीन महिनाको प्रतिबन्ध लगाउनको लागि पूरै शक्ति लगाए । कुनै उपाधि गुमाएनन्, पुरस्कार रकम गुमाएनन् । दोषी हुन् वा होइनन् ? टेनिसको लागि दुःखद दिन ।’
रुसी खेलाडी देनिल मेदभेदेभले बताए—‘मलाई आशा छ कि हरेक खेलाडीले वाडासँग चर्चा गर्न सक्छन् र अबदेखि यानिक सिनरले जस्तै आफंैलाई बचाउ गर्न सक्नेछन् ।’

पूर्व विश्व एक नम्बर ब्रिटिस खेलाडी टिम हेनमेनले बताए—‘उनले अहिले अस्टे«लियन ओपन जिते । उनले आगामी तीन महिनासम्म एटीपी टुरमा खेल्न पाउँदैनन् । तर, उनले फ्रेन्च ओपन त खेल्नेछन् । सिनरको लागि यो राम्रो प्रतिबन्ध साबित हुँदा यस खेलको तीतो सत्य भएको छ ।’

२४ ग्रान्ड स्लाम उपाधि जितेका नोभाक जोकोभिच र टेनिस प्लेयर्स एसोसिएसनले निर्णय लिने प्रक्रियामा सामेल पार्टीहरूको आलोचना गरे । जोकोभिचले एक्समा बताए—‘प्रणाली कुनै प्रणाली होइन । यो एक क्लब हो । यो केवलअनुरूप सम्झौता, अनुचित व्यवहार र असंगत निर्णयहरूका लागि आवरण भयो । यसमा पारदर्शिताको कमी र प्रक्रियाको अभाव रह्यो ।’

Skip This