नेपाल प्रहरीका सई मृत भेटिए


काठमाडौं ।

नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) झापामा मृत भेटिएका छन‍्।

आइतबार बिहान भद्रपुर नगरपालिका-८ स्थित जिल्ला प्रहरी कार्यालय झापामा रहेको ब्यारेकमा सई धनराज खतिवडा मृत भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय झापाको अनुसार तीनतले प्रहरी ब्यारेकको माथिल्लो तलामा पानीको ट्यांकी जाने फलामको भर्‍याङमा उनी झुण्डिएको अवस्थामा फेला परेका बताइएको छ ।

मृतक खतिवडा भोजपुर टैम्केमैयुङ गाउँपालिका-४ घर भई मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका थिए । उनको मृत्यु कतिबेला भएको भन्ने नखुलेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाइ घटनाको थप अनुसन्धान गरिरहेकाे छ ।