काठमाडौं ।
जेभियर इन्टरनेसनल कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।
बसुन्धरास्थित आयोजक हेराल्ड कलेजको कोर्टमा भएको फाइनलमा जेभियरले ग्रिनफिल्डलाई ७७–६९ ले पराजित ग¥यो ।जेभियरका रिदश केसीले २१ अंक जोडे ।
ग्रिनफिल्डका सोनाम लामाले २७ स्कोर गरे पनि जित दिलाउन सकेनन् । जेभियरका अशिम थापा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । तेश्रो स्थानका लागि भएको खेलमा आयोजक हेराल्डले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५७–४१ ले हरायो ।
प्रतिक्रिया