श्वास आउनु–जानु नै सबैभन्दा ठूलो आशीर्वाद हो

1.22k
Shares

प्रायः मानिसहरूलाई उनीहरूले खोजिरहेको शान्ति उनीहरूभित्रै छ भन्ने कुराको ज्ञान हुँदैन । उनीहरूले शान्ति प्राप्त गर्नका लागि केही विशेष कार्य गर्नुपर्छ भनेर सोच्छन् ।

यसकारण उनीहरू मसँग आएर भन्ने गर्छन्, ‘हजुर मलाई आशीर्वाद दिनुहोस् !’ तर, यो समस्त सृष्टिको रचना गर्ने शक्तिको हात पहिलादेखि नै उनीहरूको शिरमा हुन्छ भन्ने कुरा बुझ्दैनन् । जसले ताराहरू, सूर्य, चन्द्रमा र पृथ्वी बनाए उनीहरूको शिरमाथि उनकै हात छ । यो श्वास आउने–जाने क्रम रहेसम्म उनको हात तपाईँमाथि हुन्छ । तपाईँलाई अरू कसैको आशीर्वादको आवश्यकता पर्दैन । सबै चिज तपाईँका लागि सम्पन्न छन् तर भित्रको आँखा खोल्नुहोस् अनि यसबाट तपाईँले वास्तविकता बुझ्नुहुनेछ ।

कुनै कुरा गरेर शान्ति पाउन सकिँदैन । यो प्रायः मानिसहरूलाई हुने गरेको भ्रम मात्रै हो । तपाईँले खोज्नुभएको शान्ति बाहिर होइन, तपाईँभित्रै छ भनेर आफ्नो हृदयबाट नहेरेसम्म सबैथोक भएर पनि केही पनि हुँदैन । एउटा छोटो कथा छ । एकजना मानिस पहाडको टाकुरामा एउटा झुपडीमा बस्ने गर्थे । बिहानै चराको चिरबिर आवाजसँगै उनी उठ्ने गर्थे । त्यसपछि दैनिक काम गर्ने गर्थे । एकदिन उनी उठे अनि उनले केही पनि देख्न सकेनन् ।

उनलाई आज घाम निकै ढिलो उदाउने रहेछ भन्ने लाग्यो । जून पनि लागेको थिएन । निस्पट्ट अँध्यारो थियो । उनले सलाई कोरेर आगो बाले तर उनले आगोलाई पनि देखेनन् । बाहिर निस्कँदा उनले सूर्यको तापलाई महसुस गरे तर सूर्यको उज्यालोलाई देखेनन् । उनले सोचे, ‘आज सूर्योदयचाहिँ भयो तर यो प्रकाश नदिने खालको रहेछ ।’ पूरै दिनभरि उनी सूर्यको प्रकाश नै गायब भएको रहेछ भन्ने भ्रममा रहे ।

यत्तिकैमा एकजना सन्त त्यतैको बाटो भएर हिँडिरहेका थिए । उनले सन्तसमक्ष आफ्नो समस्या राखे । सन्तले भने, ‘सूर्यमा कुनै कमजोरी भएको होइन । तपाईँको आँखामा समस्या भएको हो ।’ यति कुरा सुनेपछि ती व्यक्तिलाई सूर्यमा समस्या भएको रहेनछ भन्ने भान भयो । बरु आफ्नै हेराइमा कमजोरी रहेको कुरा पनि थाहा भयो । अँध्यारो भएका कारण उनको आँखाले राम्रोसँग काम गरिरहेको थिएन ।

हामी सबैले एक न एकपटक त सृष्टिकर्तालाई चुनौती दिएका छौँ, ‘यदि तिमी साँच्चै छौ भने तिमी मेरा अघि आऊ ।’ तथापि, दुःख–दर्द भएपछि मात्रै हामी सृष्टिकर्तातर्पm मोडिन्छौँ । यसभन्दा पहिला त हामी बाहिरी सुन्दरतातिर ध्यान दिन पुग्छौँ । यो संसारमा तपाईँ मलाई सृष्टिकर्ता नभएको एउटा स्थान बताउनुहोस् त ? ती संसारका रचयिता हरेक स्थानमा विराजमान छन् । यदि तपाईँ पर्खाललाई हेरिरहनुभएको छ भने त्यहाँ पनि उनी छन् ।

आफ्नो हातमा हेर्नुभयो भने त्यहाँ पनि उनी छन् । भित्रतिर गएर हेर्नुभयो भने उनी त्यहाँ पनि छन् । हामीले यो कुरालाई बुझेपछि उनी सदैव हामीसँगै छन् भन्ने कुरा ज्ञात हुन्छ तर हामीले उनलाई कहिल्यै देख्न सकेनौँ । देख्न नसकेपछि बुझ्न सकेनौँ । नबुझेपछि दुनियाँको सारा झन्झटको बोझमा फसेर तपाईँले आफ्नो जीवन बिताइदिनुभयो । एकदिन तपाईँ आउनुभयो अनि एकदिन जानुभयो तर तपाईँको हात खालीको खाली नै रह्यो ।

के तपाईँलाई यो संसारमा यस जीवनरूपी पूmलबाट मह निकाल्ने विधिका बारेमा थाहा छ ! किनभने, यदि थाहै भएन भने त तपाईँ यसबाट वञ्चित हुनुहुनेछ । यदि कसै गरी थाहा भयो भने तपाईँले कहिल्यै पनि भोको रहनुपर्दैन । हाम्रो जीवनमा जेसुकै भए पनि हामीले आपूm कति भाग्यशाली रहेछु भन्ने कुरालाई कहिल्यै पनि बिर्सनुहुँदैन । हामीलाई यो मानिसको जीवन प्राप्त भएको छ । तथापि, हामी यो जीवनमा के गर्छौँ ! मानिस त सबै कुरा जान्न चाहन्छ– चन्द्रमामा के छ ! समुद्रको सतहमा के छ ! तर, ‘ऊ को हो’ यो कुराका बारेमा जान्ने चाहना राख्दैन । यस कुरामा उसलाई केही वास्ता हुँदैन । कतिपय मानिसहरूलाई जे सुनाइएको हुन्छ त्यही कुरामा उसको पूरै जीवन, सम्पूर्ण सोच आधारित हुन्छ ।

बालबालिका विद्यालयमा गएपछि शिक्षकले उनीहरूलाई पढाउँछन्– ‘एक, दुई, तीन, चार ।’ बालबालिकाले पढ्छन् तर उनीहरूले कहिल्यै यसो भन्न सक्दैनन्– ‘एक किन भन्ने ?’ यदि बच्चाले यस्तो प्रश्न ग¥यो भने उसले दण्ड भोग्नुपर्ने हुन्छ । यो संसारको ज्ञान हो । तथापि, जब कुरा आउँछ, ‘यो मेरो जीवन हो । यो जीवन मलाई प्राप्त भएको छ । जुन श्वास मभित्र आइरहेको छ त्यो मेरो श्वास हो । जुन समयमा म जन्मेको थिएँ त्यतिखेर ममा श्वास आउनु अत्यावश्यक थियो । यदि नआउँदो हो त म जीवित हुन सक्ने अवस्था रहँदैन थियो ।’ तब यो कुरा यस संसारको रहँदैन । यो कुरा त निजी कुरा हुन्छ ।

जुन यो जीवन मलाई प्राप्त भएको छ, के म यो जीवनलाई पहिचान गर्न सक्छु– यो कस्तो देन हो, मलाई के प्राप्त भएको छ ! या जे–जे संस्कार मानिसहरूले मलाई सिकाएका छन्– मेरो सोच तिनैमा आधारित हुन्छ ! हामीलाई मानिसको शरीर प्राप्त भएको छ । सोच्ने अनि बुझ्ने शक्ति पनि प्राप्त भएको छ तर के बुझेका छौँ ? तथापि, एक न एकदिन मानिसको जीवनमा यस्तो समय पनि आउनुपर्छ– मानिस स्वयंले यस कुरालाई बोध गरोस् ः ‘होइन, म केवल मान्न चाहन्न, म त जान्न चाहन्छु । आखिर यो सबै कुरा के हो ? यदि वास्तवमा यो श्वासको आउनु–जानु नै सबैभन्दा ठूलो आशीर्वाद हो भने म यो आशीर्वादलाई बुझ्न चाहन्छु । म त हरेक क्षण मलाई प्राप्त भइरहेको चिजको मूल्यका बारेमा जान्न चाहन्छु ।’

कसैले भन्दा हुन्, ‘धेरै धन प्राप्त भएपछि प्रगति हुुन्छ ।’ तथापि, यो धनलाई कसले आपूmसँग लिएर जाला त ! यो कस्तो प्रगति भयो ? कसले आफ्नो साथमा लिएर आएको थियो अनि कसले आफ्नो साथमै बोकेर जान्छ र ? जबसम्म हामी यो संसारमा छौँ, यो संसारकै नियमको बन्धनभित्र हुन्छौँ तबसम्म यो क्रम चलिरहन्छ । तथापि, जब फेरि त्यो कानुनको परिधिभित्र जानुहुनेछ जहाँबाट तपाईँ आउनुभएको थियो, त्यस कानुनमा यी कुराहरू लागू हुँदैनन् । एउटा त यो संसारको नियम छ । अर्को तिनको नियम छ जसले तपाईँलाई बनाए । जसले तपाईँलाई यो श्वास दिएका छन् अनि जहाँ तपाईँ फेरि फर्केर जानुपर्नेछ । तपाईँ कुन कानुनको कदर गर्नुहुन्छ– त्यो कानुनको या यो कानुनको !

अन्तिम समय आएपछि मानिसलाई डर लाग्छ । तर, कुन कुराको समाप्ति हुनेछ ? जुन तपाईँभित्र अविनाशी छन् उनको त नाश हुनै सक्दैन ! यदि उनको नाश भयो भने उनी कसरी अविनाशी हुन सक्छन् ! उनको कहिल्यै पनि नाश हुँदैन । यो शरीर ६ वटा पदार्थबाट बनेको हुन्छ ः क्याल्सियम, अक्सिजन, नाइट्रोजन, फस्फोरस, कार्बन र हाइड्रोजन । अनि, यो शरीरले फेरि तिनै पदार्थमा गएर मिसिनुपर्छ । फेरि तिनै पदार्थबाट केही अर्कै निर्माण हुनेछ ।

तपाईँ महसुस गर्न सक्नुहुन्छ– दुःख अनि सुख पनि । यदि सामुन्नेमा कुनै दुःख दिने प्रकृतिको चिजलाई राखिएको छ भने कस्तो महसुस गर्नुहुन्छ । दुःख नै महसुस गर्नुहुन्छ । यदि आपूmअघि कुनै यस्तो चिज छ जुन सुख प्रदान गर्ने प्रकृतिको होओस् तब कस्तो अनुभूत गर्नुहुन्छ । सुख नै महसुस गर्नुहुन्छ । यसर्थ तपाईँले आफ्नो जीवनमा केही यस्तो प्रबन्ध गर्नुभएको छ जसद्वारा सुख दिने चिज अघि होओस् अनि दुःख दिने चिज टाढा होओस् ! हरेक दिन यसको प्रबन्ध गर्नुपर्दछ ।

सुख के हो ? संसारलाई हेर्ने हो भने सुखको अर्थ छुट्टी मनाउनु, नाम कमाउनु, प्रख्यात हुनुु हो तर त्यो सुख होइन । यदि वास्तविक सुख त्यो होइन भने वास्तविक सुखको अनुभव कसरी गर्नुहुन्छ ? यदि वास्तविक सुखको प्रबन्ध गर्नुभएन भने दुःख त आउनेछ नै । एउटा दुःख त्यो हो जसमा तपाईँका मनका चाहनाहरू पूरा हुँदैनन् । जब तपाईँ सानो हुनुहुन्थ्यो, तपाईँ खेलौना नपाएका कारणले दुःखी हुनुहुन्थ्यो । अनि, तपाईँ सत्तरी वर्षको भएपछि तपाईँको खेलौना बदलियो तथापि खेलौनासँग तपाईँको अभैm पनि मोह छ ।

सृष्टिकर्ताको आशीर्वाद प्राप्त भएका कारणले हामी जीवित छौँ । यसको कुनै अर्थ रहन्छ । यो कुरालाई बुझिरहेका छैनौँ । हामी अन्य कुराहरूमा अल्झिरहन्छौँ– ‘तिमीले यस्तो गर्नुपर्छ । तिमीले उस्तो गर्नुपर्छ अनि यसो ग¥यौ भने तिमीले जागिर प्राप्त गर्नेछौ । यदि जागिर प्राप्त भयो भने तिमीले यसो गर्न सक्छौ ।’ मानिसहरू पढ्छन्, लेख्छन् अनि जब जागिर खाने समय हुन्छ तब उनीहरू जागिर खान चाहन्छन् ।

किनभने, मानिसका आफ्नै सपना हुन्छन् । मानिस आफ्ना सपनालाई पूरा गर्न चाहन्छ । आफ्नो सपनालाई पूरा गर्नका लागि उसलाई पैसाको आवश्यकता पर्दछ । यसर्थ उसले जागिरको खोजी गर्नुपर्ने हुन्छ । आफ्नो सपनालाई पूरा गर्नका लागि मानिसहरूले ऋण पनि लिन्छन् ।

उक्त ऋण तिर्नका लागि अभैm अर्को जागिर खानुपर्ने हुन्छ । यसपश्चात् यस्तो जागिर खान्छन् मानिसहरू जीवनभरि नोकरै भएर बिताउँछन् । तब मात्रै नोकरी छुट्छ जब यो शरीर कुनै कामका लागि योग्य रहँदैन । अनि, आफ्नो कामका लागि योग्य हुने कुरा त भएन नै, अरू कसैको कामका लागि पनि उपयोगी रहँदैन । यी सारा नियमलाई मानिसले नै बनाएका हुन् ।
कुरा के हो भने, हामीले आफ्नो जीवनमा यताउता ध्यान दिनु राम्रो होइन । ध्यान त्यहाँ लगाऔँ, जसले गर्दा हाम्रो जीवनमा आनन्द प्राप्त होओस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल)