विश्व फुटबलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो १ हजार गोलको दुर्लभ उपलब्धि हासिल गर्न लालायित छन् । उनले ९ सय गोल प्रहार गरेपछि नै भनेका थिए- ‘म हजार गोलको उपलब्धि छुन चाहन्छु ।’ यद्यपि उनले यो उपलब्धि हासिल गर्न सक्ला कि नसक्ला भन्ने प्रश्न चारैतिरबाट ओइरिरहेको छ ।
पोर्चुगलका ख्यातिप्राप्त फुटबलरले अहिलेसम्म नौ सय भन्दा बढी गोल गरिसकेका छन् । आधिकारिकरूपमा हाल उनले ९ सय २४ गोल गरिसकेका छन् । यद्यपि एक हजारको उपलब्धि छुन उनले अझै ७६ गोल गर्न बाँकी छ ।
त्यसो त ब्राजिलका सबैभन्दा सफल फुटबलर पेलेले १ हजार गोल गरेको भनेर तथ्य बेला बेलामा बाहिर आउने गरेको छ । तर, उनी स्वयम्ले दाबी गरेपनि आधिकारिक रूपमा भने उनको दाबी सही ठहरिएको छैन । पेलेले दाबी गरेको १ हजार गोल हालसम्म पनि कसैले खोज्न सकेका छैनन् । यसैले व्यावसायिक फुटबलरमा कसैले यो १ हजार गोल गर्ने उपलब्धि हासिल गर्न नसकेको पुष्टि हुन्छ ।
यदि, रोनाल्डोले यो उपलब्धि हासिल गरेमा उनी १ हजार गोल गर्ने विश्वको पहिलो फुटबलर बन्ने श्रेय पाउनेछन् । यसका लागि उनले हरेक खेलमा गोल गरिरहनु पर्ने हुन्छ । उनले यसका लागि अझ दुई चार वर्ष खेल्नु पर्ने हुन्छ । यसका लागि उनी सधैँ तन्दुरुस्त भइरहनु पर्छ ।
यसो त उनको युरोपियन लिगका क्लबबाट खेल्ने कुनै सम्भावना देखिँदैन । यसैले उनको क्लबस्तरीय खेल करिअर साउदी क्लब अल नासरबाटै सकिने भन्न सकिन्छ । तर, उनकै घरेलु क्लबबाट खेल्न सकिनेलाई भने नकार्न सकिँदैन ।
सर्वाधिक गोलकर्ता (७ सय गोलदेखि)

प्रतिक्रिया