रसुवा ।
सरकारले इमान्दरीताका साथ राष्ट्रिय समस्या समाधान गर्न लागेकोले अहिलेको गठबन्धनको सरकार नढल्ने नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधान मन्त्री इश्वर पोखरेलले बताए ।
शनिबार रसुवाको कालिकास्थामा एमाले रसुवाको आयोजनामा भएको ३ महिने जारा केन्द्रित अभियानको अभिमुखीकरण शुभारम्भ गर्दै प्रमुख अतिथि पोखरेलले टोल र बस्तीमा पुगेर जनताको बीचमा पार्टी र बर्गिय संगठन सुदृढ गर्न आग्रह गरे ।
बिभिन्न आन्दोलनहरूमा सहकार्य हुने गरेको स्मरण गर्दै नेपाली काँग्रेससँग सहकार्य र प्रतिस्पर्धा दुवै हुने बताए । उनले भने सरकारमा रहेका दलहरुमा बेइमानी नहुने उनले बताउदै ०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने र त्यसतर्फ लाग्न जनतामा जानका लागि पार्टीले जरा अभियान थालेको उनले बताए ।
नेकपा एमाले स्थायी कमिटी सदस्य डा राजन भट्टराइले जनतामाझ पुगेर समीक्षा हुनुपर्ने तथा टोलटोलमा मजवुत संगठनले मात्र सफलता मिल्ने बताए । जिल्ला उपाध्यक्ष कैसाङनुर्पु तामाङद्धारा स्वागत गरिएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य प्रेम तामाङ, जिल्ला अध्यक्ष जनार्दन ढकाललगायतका बक्ताले आफ्नो धारणा राखेका थिए ।
सो अवसरमा कार्यक्रम तथा योजना तयार गरी वडा र टोलमा भेला तथा जनतासँग भेटघाट तथा संगठन संगठन सुदृढ गर्ने कुरा एमाले जिल्ला सचिव पेम्पा लामाले बताए ।
प्रतिक्रिया