केभिआर स्टेज रेस च्यालेन्जमा महतारा र शेर्पा च्याम्पियन


काठमाडौँ । 

ट्रायलमान्डुको आयोजनामा शनिवार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ रामचन्द्र महतारा र महिलातर्फ सिनिमा शेर्पा  च्याम्पियन बनेका छन् ।

रानीकोटमा सुरु भएर फर्पिङमा सम्पन्न भएको ३५ किमी दौडअन्तर्गत पुरुषमा रामचन्द्रले निर्धारित दुरी चार घन्टा २४ मिनेट ५८ सकेन्डमा पूरा गरे ।  विशाल गुरुङ चार घन्टा २९ मिनेट ४ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा चार घन्टा ३३ मिनेट ५४ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।

त्यसैगरी महिलातर्फ च्याम्पियन बनेकी सिनिमा शेर्पाले पाँच घन्टा १२ मिनेट ३६ सकेन्डमा दौड पूरा गरिन । त्यसैगरी उपविजेतामा चित्त बुझाएकी अमेरिकाकी सोन्या मार्टिनले पाँच घन्टा १४ मिनेट र ८ सकेन्ड समय लगाइन । अनिशा गुरुङले पाँच घन्टा ४८ मिनेट ३३ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरिन ।

 सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ५४ जना धाविकधाविकाको सहभागिता रहेको थियो । नेपाल ओलम्पिक कमिटीका निरज श्रेष्ठले विजेता धावकधाविकाहरुलाई पुरस्कार प्रदान गरेका थिए ।