सविनले ल्याए बिहानीको किरण


काठमाडौं ।

गायक सविन श्रेष्ठले बिहानीको किरण बोलको गीत सार्वजनिक गरेका छन्। गीतमा उनकै शब्द र संगीत छ।

गीतले प्रेम र एकअर्काबीचको साथको कुरा गर्छ। धोकाधडीमा रुमलिएको युवायुवतीको प्रेममा विश्वास र भरोसाको अपेक्षाको कुरा गर्छ। गीतको भिडियोमा जीवन भट्टराई र लक्ष्मी बर्देवाले अभिनय गरेका छन्।

भिडियोको निर्देशन पनि जीवन र लक्ष्मीले नै गरेका छन्। भिडियोमा बुद्ध थापाको छायांकन र विष्णु खड्काको सम्पादन रहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।