विजय र एरिका सर्वोत्कृष्ट खेलाडी


काठमाडौं ।

उसुका विजय सिन्जाली र एरिका गुरुङ १९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०८० अन्तर्गत सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट शनिबार पुरस्कृत भएका छन्। पुरुषमा विजय र महिलामा एरिका पुरस्कृत भएका हुन्। विजय र एरिकालाई जनही १ लाख नगदसहित ट्रफी प्रदान गरियो।

प्रतिभाशाली खेलाडीको अवार्डबाट पुरुषमा तेक्वान्दोका अश्विन राउत र महिलामा कबड्डीकी मानमति विष्ट पुरस्कृत भए। दुवैले समान ५०–५० हजार नगद प्राप्त गरे। तेक्वान्दोकी पलेशा गोबर्धनलाई वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डसहित नगद १५ हजार रुपैयाँ प्रदान गरियो।

उक्त अवार्ड बाहेक विभिन्न २९ खेलका उत्तिनै खेलाडीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड दिइएको थियो। उत्कृष्ट सबैले समान १०–१० हजार नगद पुरस्कार पाए।

Skip This