काठमाडौं ।
नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
“तपाईंको झुटा कुराको सहारामा लत बसेछजस्तो छ,” रावलले ओलीप्रति आक्रोश पोख्दै भने, “म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई सपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट सपथ लिएन भनेर प्रचार गराइएको होइन र ? ”











प्रतिक्रिया