ओलीलाई रावलको प्रश्न : मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?


काठमाडौं ।

नेकपा एमालेबाट निकालिएका पूर्व उपाध्यक्ष डा. भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण सदस्यता खारेज गरिएको दाबी गरेका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘अध्यक्ष पदमा उम्मेदवार दिएबापत स्पष्टीकरण दिनुपर्ने ?,’ रावलले एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दै भने, ‘मेरो सदस्यता नै तपाईँले खान मिल्छ र ?’

अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण कारबाही भोग्नुपर्ने भए यसअघि झलनाथ खनाल र माधव नेपालसँग किन प्रतिस्पर्धा गरेको भन्दै रावलले ओलीलाई प्रश्न गरे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।