टिम च्याम्पियनसिपमा सेमिफाइनल समीकरण पुरा


ललितपुर ।

जारी राष्ट्रिय क्लब टिम च्याम्पियनसिप चेस प्रतियोगितामा सात चरणको खेल समाप्तिपछि सेमिफाइनल समिकरण पुरा भएको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सञ्चालित प्रतियोगितामा ललितपुर महानगरपालिका टिम १४, थापाथली चेस क्लब १०, दोलखा चेस होम १० अंक र ललितपुर स्पोट्र्स क्लब ९ अंक जोडेर अन्तिम चारमा पुगे।

आज हुने सेमिफाइनल खेलमा ललितपुर महानगरपालिकाको सामना ललितपुर स्पोट्र्स क्लबसँग हुनेछ। यस्तै, अर्को सेमिफाइनल खेलमा थापाथली चेस पार्क र दोलखा चेस होमबिच हुनेछ। नेपाल बुद्धिचाल महासंघ र ललितपुर स्पोट्र्स क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको छ।

सातौंं संस्करणको प्रतियोगिताका विजेताले नगद २ लाख प्राप्त गर्नेछ। यस्तै, उपविजेता टोलीले नगद १ लाख २० हजार पाउनेछ। यसैगरी तृतीय हुने टोलीले ६० हजार र चौथो स्थानमा आउने टोलीले ४० हजार प्राप्त गर्नेछन्।

प्रतिस्पर्धामा व्यक्तिगत विधा तर्फ उत्कृष्ट अंक प्राप्त गर्दै क्रमशः रुपेश जैसवाल, सुशील चौधरी, कृष्ण थापा, हेम भण्डारी र अभिक शाहले जनही नगद १०–१० हजार प्राप्त गरिसके।

Skip This