अग्रज नेताहरूले देखाएको बाटोमा अघि बढ्न देउवाको आग्रह


काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अग्रज नेताहरूले देखाएको बाटोबाट अघि बढ्दै जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएका छन् ।

शनिबार काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं कांग्रेस नेता पीएल सिंहको १३औँ पुण्यतिथिमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा देउवाले अग्रज नेताले देश र जनतालाई केन्द्रमा राखेर गरेका अधुरा कामलाई अघि बढाउनुपर्ने बताए ।

सभापति देउवाले स्वर्गीय पीएल सिंहले जनताको सेवाका लागि गरेका कामको स्मरण गरे । पीएल सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ठूलो योगदान दिएको भन्दै उनले पीएल सिंहको निधनले पार्टीलाई मात्रै नभई देशलाई नै ठूलो क्षति भएको धारणा राखेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।