सुनको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ काराेबार ?


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो।

जसअनुसार आज सुन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तोलामा १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने स्थिर छ।

हिजो झैँ आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।