लालीगुराँस र न्युटन क्वार्टरफाइनलमा


काठमाडौं ।

लालीगुराँस नेसनल एकेडेमी र न्युटन प्रथम जेबी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । दुई टिमसँगै फेरिल्यान्ड र ग्रिनल्यान्ड पनि क्वार्टरफाइनलमा पुगे।

लालीगुराँसले नव दीक्षितलाई २१–१६, न्युटनले त्रिवेणीलाई १९–१४, फेरिल्यान्डले स्किब्सलाई १९–१५ र ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १६–१४ ले पराजित गरे। लालीगुराँसकी प्रियान्शु पन्थले ९, फेरिल्यान्डकी करुणा बोगटीले ७ र ग्रिनल्यान्डकी विहनी राईले ९ अंक जोडे।

जुनियर ब्वाइजमा लालीगुराँसले न्युटनलाई १७–१३, गोल्डेनपिकले हिमरश्मिलाई ३६–२५, भ्याली पब्लिकले नाम्सलाई ३५–१६ र किङडमले एन्जल्स हार्टलाई १८–१७ ले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

लालीगुराँसका रोहित गुरुङले ६, गोल्डेनपिकका भुवन भण्डलले १२, भ्याली पब्लिकका अशोक विकले १७ र किङडमका पेम्बा दयाले ९ स्कोर गरे।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।