युनिभर्सल र दर्शना विजयी


काठमाडौं ।

युनिभर्सल र दर्शना सातौं एनप्याब्सन खेलकुद सप्ताहअन्तर्गत छात्र बास्केटबलमा बिहीबार विजयी भएका छन्। एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगितामा युनिभर्सलले एपेक्स लाइफ स्कुललाई ११–६ तथा दर्शनाले विपुल पाठशालालाई ७–६ ले पराजित गरे।

सरस्वतीनगरस्थित एपेक्स लाइफ स्कुलको कोर्टमा भएको अन्य खेलमा साइन मोडलले प्रोग्रेसिभलाई १०–६, अच्मीले फ्युचर स्टारलाई १९–८, ग्रिन लन्सले काठमाडौं सेन्ट्रललाई २१–१४, हिमालीले ग्रिनफिल्डलाई १९–१७, नेरिक एकेडेमीले अर्किडलाई २९–४ र माउन्ट कैलाशले भीमेश्वर एकेडेमीलाई २६–१५ ले हराए । कान्तिपुरले केइएबाट वाक ओभर पायो।

खेलुकद सप्ताहअन्तर्गत बास्केटबल अन्तिम प्रतियोगिता हो । ४ खेल समावेश खेलकुद सप्ताहमा यसअघि छात्र फुटसल, छात्र/छात्रा कबड्डी र तानडोरी सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।