रामचन्द्र र अनुको ओई सुवा फिल्मी शैलीमा


काठमाडौं ।

लोकप्रिय गायक रामचन्द्र काफ्ले र गायिका अनु चौधरीद्वारा स्वरबद्ध युगल गीत ओई सुवा, ओई बाजमाथिको आकर्षक भिडियो सार्वजनिक गरिएको छ।

हालै धनगढीमा आयोजित धनगढी महोत्सवमा सार्वजनिक गीत गायक काप्mलेको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा मंगल जयगडीको शब्द रचना, राजेश कैदीको संगीत र शिशिर साधकको संगीत व्यवस्थापन रहेको छ।

फिल्मी शैलीमा तयार पारिएको ९ मिनेट लामो भिडियोमा किरण तुलाधरले पाश्र्व संगीत दिएका छन्। गीत र यसको भिडियोको संवादमा सुदुर पश्चिमको भाषा प्रयोग गरिएको छ।

विभोर पोखरेलद्वारा निर्देशित सामाजिक र प्रेमकथाको भिडियोमा अभिनेता सुनिल थापालाई पनि देखिन्छ। उनका साथमा रिमा विश्वकर्मा, विवेक पौडेल, निकेन महर्जन, मीरेश अधिकारीलगायतले अभिनय गरेका छन्। भिडियोमा छायांकन मिलन शंकर र सम्पादन नहकुल खड्काको छ।